प्रचण्ड सँग भेटघाट गर्दै चिनियाँ राजदूत

काठमाडौं, ९ पुस । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् ।

बिहीबार बिहान यान्छीले बखुमलटारमा दाहाल सँग भेट गरेकी हुन् ।

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजे देखि आधा घन्टा कुराकानी भएको छ । उनीहरू बीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

यस अघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको