संसद विघटनको समाचारले प्रचण्ड तनाबमा, प्रधानमन्त्री भेट्न बालुवाटारमा

काठमाडौं । संसद विघटनको समाचार बाहिरिनेवित्तिकै प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न सत्तारुढ नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार गएका छन् ।

खुमलटार स्रोतका अनुसार केही समय अगाडि दाहाल बालुवाटार प्रवेश गरेका हुन् । भेटमा के कुरा हुनेछ भन्नेबारे केही भनिएको छैन ।

बालुवाटारमा आइतबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक हुनेवित्तिकै राजनीतिक तरंग उत्पन्न भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको