काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गर्ने प्रस्ताव गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । ओलीले बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि आजै प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई भेट गरेका थिए ।
सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, पुष १ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरेपनि अहिलेसम्म अध्यादेश फिर्ता भएको छैन ।