नेकपा स्थायी कमिटीको बैठक आज बस्दै, प्रधानमन्त्री ओली पनि सहभागी हुने

काठमाडौँ । सत्तारुढ नेकपाका स्थायी कमिटीको बैठक आज आइतबार बस्दैछ ।

स्रोतका अनुसार  बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।

मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकमा प्रधानमन्त्री ओलीले पत्रमार्फत सहभागीता जनाएका थिए ।

पछिल्लो दिनहरुमा पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । पटक पटक छलफल भएपनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । आजको बैठकमा पनि समाधानका सम्भावनाहरुबारे छलफल हुन सक्ने अनुमान लगाइएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको