
चितवन । चितवनस्थित रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशनमा नेकपा निकट र नेपाली काङ्ग्रेस निकटका व्यवसायीहरूले प्यानल नै बनाएर चुनावमा होमिएका छन् । संघको वरिष्ठ उपाध्यक्ष नेकपा निकट व्यवसायीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शंकर गिरि र काङ्ग्रेस निकट ब्यवसायिको प्यानलबाट देवेन्द्र कुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।
बाणिज्य तर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसका कविन घिमिरे र देवीप्रसाद डल्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका छन । उद्योग तर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसबाट निरञ्जन थापा,एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले उम्मेदवारी दिएका हुन । अधिकारीले नेपाली काँग्रेस निकटका व्यवसायीहरुको प्यानलबाट उम्मेदवारी दिएका हुन ।
महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेतीको उम्मेदवारी परेको छ । बाणिज्य सदस्यको लागि अर्जुन बस्ताकोटी,सुरेन्द्रकुमार श्रेष्ठ,यामनाथ आचार्य,हेमराज आचार्य,कृष्ण चौधरी,सागर दुवाडी,सिताराम भट्टराई,बुद्धराम जोशी,सुर्यकान्त पौडेल,इश्वरी प्रसाद अर्याल,रामशरण नेपाल,सुन्दरमणि सुवेदी,सुरेन्द्र दुवाडी,सुर्यप्रकास रेग्मी, प्रकासमणि सापकोटा,उत्तम घिमिरेको उम्मेदवारी परेको छ ।
उद्योग तर्फ सदस्यको लागि अनुप विसुराल,सुबोस मिश्र,उद्धबकुमार कोइराला,रामप्रसाद पाण्डे,महेन्द्र घिमिरे,विरञ्जना सापकोटा,बुद्धिराज ओझा,अरुणकुमार सिवाकोटी,शम्शेर घामल्य,सविन मानन्धर,कपिल ढकाल र हरिशरण भट्टराईको उम्मेदवारी परेको छ ।
महिला सदस्यको लागि निर्मला सुवेली र उर्मिलादेबी पोखरेल,एसोसियट सदस्यमा तेजेन्द्र कुँवर,जोगेन्द्र महतो र लोजिककृष्ण सागर तथा बस्तुगत सदस्यको लागि शिवराज मैनाली र कृष्ण सेढाईको उम्मेदवारी परेको छ । बाणिज्यतर्फ सदस्यमा ८ जनाको लागि १६ जनाले ,उद्योग तर्फ सदस्यमा ६ जनाका लागि १२ जनाले, एसोसिएट सदस्यमा ३ जनाले र बस्तुगत सदस्यमा २ जनाले उम्मेदवारी दिएका छन् । अधिवेशनको निर्वाचन तालिका अनुसार भोलि २५ गते बिहीबार उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
संघको बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट निर्विराेध निर्वाचित
रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशनमा बस्तुगत उपाध्यक्ष निर्विराेध भएको छ । अधिवेशनको निर्वाचन तालिका अनुसार आज बुधबार भएको उम्मेदवारी दर्तामा सो पदमा एक जनाको मात्र उम्मेदवारी परेको हो ।
बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट निर्विराेध चयन भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदमा भने मतदान हुने भएको छ । संघको बरिस्ठ उपाध्यक्ष नै आगामी कार्यकाल अध्यक्ष हुने प्राबधान अनुसार हाल बरिस्ठ उपाध्यक्ष रहेका अनिल कृष्ण श्रेष्ठ स्वतह यस कार्यकाल अध्यक्ष हुने पक्का भै सकेको छ ।
यहि मंसिर २८ र २९ गते हुने अधिबेशनमा १ हजार ३५३ सदस्यले मतदान गर्नेछन् ।