नेपालमा २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो

काठमाडौं, ३ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाछ मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ७९० जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । कुल संक्रमितमध्ये ४० हजार ७७८ सक्रिय संक्रमित छन् ।

कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण भएको छ । यो सँगै नेपालमा कुल पीसीआर परीक्षणको संख्या १३ लाख ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल ४ हजार ४७० जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको