काठमाडौं, असोज ३०
काठमाडौंको ऐतिहासिक सम्पदा रानीपोखरी निर्माणको काम लगभग सकिएको छ । रानीपोखरी, बालगोपालेश्वर मन्दीर निर्माण भईसकेको छ । वरिपरी र पानी पूर्णरुपमा भर्न भने बाँकी रहेको छ ।
अहिले रानीपोखरी वरिपरि र बीचमा रहेको मन्दिरमा बिजुलीबत्ती जडान गरिएको छ र रानीपोखरीमा पानी भरिएको छ । छिट्टै नै उद्घाटनको तयारी गरिदै गरेको रानीपोखरीमा बिजुलीबत्ती जडानपछि रातमा पनि पोखरी साँचिनै मनमोहन देखिएको छ ।