नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त नेपाल सरकारका मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो तीनजना मन्त्री र जिम्मेवार हेरफेर भएका २ मन्त्री नियुक्त गर्नुभएको थियो ।

शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु विष्णु पौडेल अर्थ, कृष्ण गोपाल श्रेष्ठ शहरी विकास र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरि मन्त्री, पार्वत गुरुङ्ग सुचना तथा सञ्चारमन्त्रीमा सिफारिस हुनुभएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था रहेको छ । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।

तीनै जना नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्नु हुनेछ ।

facebook sharing buttonShare
twitter sharing buttonTweet
email sharing buttonEmail
whatsapp sharing buttonShare

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको