काठमाडौँ, २४ असोज । अनशनरत डा. गोभिन्द केसीको माग पूरा गर्न दवाव दिँदै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनसनमा बसेका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ ।
संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए ।
डा. केसी आमरण अनसनमा बसेको आज २७ दिन पुगेको छ।