घोषित कार्यक्रम अनुसार असोज २२ गते बिहान ९ बजेदेखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी धर्ना दिने कार्यक्रम छ । यस्तै, बिहीबारदेखि नै देशभरका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य मापदण्ड अपनाइ रिले अनसन बस्ने संघका महासचिव डा बद्री रिजालले जनाएका छन्।
चिकित्सक संघले शुक्रबार एक दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने भएकाे छ।
वार्ता र संवादकाे माध्यमबाट समस्याकाे समाधान गर्न सरकारसँग आग्रह गर्दै चिकित्सक संघले अन्यथा कडा आन्दाेलन गर्ने चेतावनी दिएकाे छ। संघका सदस्य स्वास्थ्यकर्मीहरुलाई जुनसुकै परिस्थितिकाे लागि तयार रहनसमेत संघले आग्रह गरेकाे छ।










