काठमाडौं । आयान डिष्टिब्युटरमा फेला परेको म्याद नाघेका अखाद्य बस्तुलाई लिएर आफूमाथि निरन्तर आक्रमण भएपछि प्रतिष्ठित ब्यापारी घराना बिशाल ग्रुपले मुख खोलेको छ । दुई दिन अघि आयान डिष्टिब्युटरको कलंकी स्थित गोदाममा म्याद नाघेका खाद्य सामाग्री बरामद भएपछि बिशाल ग्रुप नै यस्तो अबैध काममा संलग्न रहेको समाचार आएपछि बिज्ञप्ती नै जारी गरी बिशाल ग्रुपले तथ्य बाहिर ल्याएको हो ।
बिशाल ग्रुपले म्याद नाघेका खाद्य बस्तु बितरण गर्ने आयान डिष्टिब्युटरसँग आफ्नो कुनै संलग्नता नरहेको र प्रत्यक्ष अप्रत्यक्ष रुपमा आयान डिष्टिब्युटर आफ्नो ग्राहक पनि नरहेको प्रष्ट पारेको छ । आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा बिशाल ग्रुपको ग्राहक नरहेको ब्यहोरा सम्बन्धित सवैलाई जानकारी गराउँदछौं । हामीबाट बिधिवत रुपमा आयात गरिएका बस्तुहरुको प्रयोगको म्याद समाप्त भएको खण्डमा उक्त म्याद समाप्त भएको बस्तुहरु फिर्ता लिई सोको शतप्रतिशत शोधभर्ना गर्ने बिशाल ग्रुपको संस्थागत नीति रहेको छ । तसर्थ बिशाल ग्रुप यस प्रकारको अवान्छित र भ्रम सिर्जना गर्ने समाचारको खण्डन गर्दछ, बिशाल ग्रुपले बिज्ञप्तीमार्फत भनेको छ ।
सो घरानाले म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य बस्तुहरु समयमै नष्ट गर्न सकियोस भन्ने हेतुले यस ग्रुपले सदैव आफूबाट आयातित बस्तुहरुको संस्था अन्तर्गतका सप्लाई चेनमा कडा निगरानी राख्दै आएको तथ्य पनि सार्वजनिक गरेको छ । बिशाल ग्रुप आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलताप्रति सदैव सजग एवं सचेत रहेको हुँदा म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य बस्तुहरु समयमै नष्ट गर्न सकियोस भन्ने हेतुले यस ग्रुपले सदैव आफूबाट आयातित बस्तुहरुको संस्था अन्तर्गतका सप्लाई चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका बस्तुहरुको समुचित लेखापरीक्षण पश्चात सम्बन्धित निकायमा सुचित गरी नष्ट गर्ने गरिएको ब्यहोरा सम्बन्धित सवैमा जानकारी गराईन्छ ।
यस्तो छ बिशाल ग्रुपको भनाई गत केही दिनदेखि बिशाल ग्रुपमार्फत आयाति र प्रवर्धित केही उपभोग्य बस्तुसँगको बिषयलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति यस ग्रुपको गम्भीर ध्यानाकर्षण भएको छ । आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा बिशाल ग्रुपको ग्राहक नरहेको ब्यहोरा सम्बन्धित सवैलाई जानकारी गराउँदछौं ।
हामीबाट बिधिवत रुपमा आयात गरिएका बस्तुहरुको प्रयोगको म्याद समाप्त भएको खण्डमा उक्त म्याद समाप्त भएको बस्तुहरु फिर्ता लिई सोको शतप्रतिशत शोधभर्ना गर्ने बिशाल ग्रुपको संस्थागत नीति रहेको छ । तसर्थ बिशाल ग्रुप यस प्रकारको अवान्छित र भ्रम सिर्जना गर्ने समाचारको खण्डन गर्दछ । बिशाल ग्रुप आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलताप्रति सदैव सजग एवं सचेत रहेको हुँदा म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य बस्तुहरु समयमै नष्ट गर्न सकियोस भन्ने हेतुले यस ग्रुपले सदैव आफूबाट आयातित बस्तुहरुको संस्था अन्तर्गतका सप्लाई चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका बस्तुहरुको समुचित लेखापरीक्षण पश्चात सम्बन्धित निकायमा सुचित गरी नष्ट गर्ने गरिएको ब्यहोरा सम्बन्धित सवैमा जानकारी गराईन्छ । तथापी केही सञ्चार माध्यमबाट बिशाल ग्रुपलाई लाञ्छित गर्दै प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको ब्यहोरा जानकारी गराइन्छ ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







