
काठमाडौँ, १५ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ११ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
यससँगै मृतकको संख्या ५ सय ९ पुगेको छ ।
बिहीबार देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।