नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो

काठमाडौँ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ४ सय ९१ पुगेको छ ।

मंगलबार देशभर थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ७ सय ३१ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको