
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र नेतृत्वको समूहले विरोधपत्र दर्ता गराएको छ । केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीले पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज विरोधपत्र दर्ता गराएका हुन ।
१४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति पौडेल समूहले असहमति जनाएको छ ।