

चितवन । राष्ट्रिय जनता पार्टी नेपाल चितवनले पार्टी एकताको लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ ।राष्ट्रिय जनता पार्टी र समाजबादी पार्टी एकीकरण भइ जनता समाजबादी पार्टी गठन भएपनि जिल्ला हरुमा भने सो दुई पार्टी एकीकरण भएको छैन । चितवनमा पार्टी एकीकरण गर्न सहज होस भन्ने उध्येश्यले राजपा चितवनले कार्यदल गठन गरेको जनाएको छ । पार्टी अध्यक्ष एलिमा मियाको संयोजक रहने गरि पार्टी उपाध्यक्ष, सचिब सहितको ५ सदस्यीय कार्यदल गठन गरेको राजपा चितवन पार्टी सचिब हिरालाल थिङद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ । साथै चितवनमा छिटाे भन्दा छिटाे दुई पार्टी एकीकरण गरिने पनि जनाईएको छ ।
