संविधान दिवसमा ५ सय ९४ लाई मानपदवी, अलंकार र पदक ! क–कस्ले पाए  (सूची सहित)

काठमाडौं। पाँचौ संविधान दिवसका अवसरमा सरकारले  ५९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरेको छ ।

गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरेको हो ।

गृहका अनुसार सबैभन्दा पहिलो नम्बरमा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई विभूषित गरिने भएको छ । यसैगरी सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मानित गरिएको छ।

यस्तै, सुकीर्तिमय राष्ट्रदीप (तृतीय)बाट आयुक्त डा. गणेशराज जोशी, वनस्पतीविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सचिव केदारबहादुर अधिकारी, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल र नापी विज्ञ बुद्धिनारायण श्रेष्ठसमेत सात जनालाई सम्मानित गरिएको छ।

कँडेलसहित १६ पत्रकारलाई बिभुषण

सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकरकँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

यसरी बिभुषित हुनेमा कँडेलसहित डा। राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के ९प्रवल जनसेववा श्री चतुर्थ० रहनुभएको छ । यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको