काठमाडौँ, ३० भदौ । कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएसँगै नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा कोइरालालाई नियुक्त गरेको मन्त्रालले जनाएको छ । मन्त्रालयले कोइरालाई वरिष्ठताको आधारमा निमित्त कार्यकारी तोकिएका हुन् । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer