जग्गाको कित्ताकाट फुकुवा तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौँ, २९ भदौ । सर्वाेच्च अदालतले जग्गाको कित्ताकाट फुकुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

असोज ६ गते दुवै पक्षलाई छलफलमा बोलाइएको अदालतले जनाएको छ ।

सरकारले मन्त्रीस्तरीय निर्णयबाट जग्गाको कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारीले रिट दायर गरेका थिए ।

भण्डारीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सरकारले ३ वर्ष अघि खेती योग्य जमिन नष्ट भएको भन्दै कित्ताकाट रोकेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको