सिन्धुपाल्चोक । लगातारको बर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा आठ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ ।
त्यहा कम्तिमा २० देखि २५ जनाको ज्यान पहिरोमा पुरिएको हुन सक्ने सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पार्ले बताउनुभयो। ‘ठूलै मानवीय क्षति भएको हुन सक्ने खवुर सुनेर घटनास्थलतर्फ जाँदै छु’, शेर्पाले जानकारी दिनुभयो ।
उक्त वडा ७ नम्बर वडा पर्दछ । वडाका अध्यक्ष मिनबहादुर श्रेष्ठको समेत त्यहाँ घर पर्दछ ।
भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाई छ ।
त्यस्तै जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा केही घर हरु पुरिएको छ मानविय मानवीय क्षती नभएको बताइएको छ । घटना थाहा हुने बितिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।