नेकपाको स्थायी समितिको बैठक आज बस्दै

काठमाडाैं, २६ भदाै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ ।

आन्तरिक किचलोका कारण झण्डै डेढ महिनादेखि स्थगित बैठक बस्न लागेकाे हाे ।  असारमा सुरु भएको बैठक विवादकै बीच साउन १३ गतेसम्म बसेको थियो । त्यसपछि बैठक बस्न सकेको छैन ।

पार्टीभित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।

प्रतिवेदनले विवाद समाधानका लागि उपाय दिएकाले अब स्थायी समितिको बैठकमा जानकारी दिने अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र दाेस्राे वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएपछि आज बैठक बस्न लागेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको