
काठमाडौं, भदौ २२ । सरकारले यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना कर्मचारीको नाम घोषणा गरेको छ । निजामती सेवा दिवसका अवसरमा सरकारले ती कर्मचारीको नाम घोषणा गरेको हो ।
सरकारले निजामती पुरस्कार पाउने ३० जनाको नाम पनि घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा हुनुहुन्छ ।
यसैगरी निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे हुनुहुन्छ ।
यस्तै मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्नुभएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।