देशभर थप ११२० जनामा कोरोना, १२ को मृत्यु, मृतकको संख्या २५१ पुग्यो

काठमाडौं । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला ६ जना र पुरुष ६ जना हुनुहुन्छ ।हालसम्म २५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ११२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित मध्ये ३२० महिला र पुरुष ८०० जना हुनुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ११२० जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १११२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या २३ हजार २९० पुगेको छ । यो ५६ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ४९३ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ६१५ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ७६६ रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको