नवलपुरको निषेधाज्ञा पनि आजदेखि हट्यो

गैँडाकोट । पूूर्वि नवलपरासीमा जारी निषेधाज्ञा पनि आज राति १२ वजेदेखि हटेको छ ।समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व)जिल्लाभर निषेधाज्ञा जारि गरेको थियो।
जिल्ला प्रशासन कार्यालय नवलपरासी का (वर्दघाट सुस्ता पूर्व)सीडीयो पिताम्बर घिमिरेले कोरोना सङ्गै जिवनयापन पनि सहज बनाउनु पर्ने तथा सरकारी काम कारबाही रोकिदा जनसमुदायलाई असर परिरहेको कुरालाइ मध्यनजर गर्दै निषेधाज्ञालाई हटाउने निर्णय गरिएको बताउनुु भयो ।
उज्यालो खबरसँग कुरा गर्दै सीडीयो घिमिरेले निषेधाज्ञा थप नभएपनि न्युनतम स्वास्थ सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्नु पर्ने,अनावश्यक भिडभाड गर्न नपाइने,अनावश्यक हिडडुल गर्न नपाइने,अत्यावश्यक बाहेकका पसल व्यवसाय खोल्न नपाइने ,बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयले न्युनतम कर्मचारी व्यबस्थापन गरि कार्यालय संचालन गर्नु पर्ने बताउनु भयो । सार्वजनिक यातायात भने अर्को आदेश जारी नभएसम्मका लागि सञ्चालन गर्न नपाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको