सुनसरी, १४ भदौ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत आमाछोराको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।
आमाछोरा नै मधुमेह र उच्च रक्तचापले ग्रसित थिए । उपचारका लागि उनीहरु शनिबार प्रतिष्ठानमा भर्ना भएका थिए भने दुबै जनाको आइतबार कोरोना पुष्टि भएको हो ।