
चितवन , १३ भदौं। चितवनको कालिका सव डिभिजन वन कार्यालयमा कार्यरत पाँचजनामा कोरोना संक्रमण देखिएको छ । कालिका नगरपालिका वडा नम्बर ८, गैरीबारी चोकमा रहेको सव डिभिजन वन कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । पाँच जना मध्ये १ जना कालिका नगरपालिका वडा नम्बर ९, एक जना भरतपुर महानगरपालिका वडा नम्बर ५, ११, १४ र एकजना रत्ननगर नगरपालिका वडा नम्बर १२ निवासी रहेका छन ।