
काठमाडौं, भदौं ११ । सोल्टी होटल काण्ड मच्चाएको भन्दै सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश शिरोहियाले प्रहरीमा उजुरी दिनुभएको छ । सामाजिक सञ्जालमा आएका आपत्तिजनक आक्षेपबाट आफू मर्माहत भएको जनाउँदै छानविनका लागि प्रहरीमा उजुरी दिएको सिरोहियाले जानकारी गराउनु भएको हो ।
‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिँजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ, यो मेरो चरित्र हत्या गर्न गलत नियतले फैलाइएको पुर्णत कपोकल्पित र भ्रामक कुरा हो,’ शिरोहियाले ट्वीटमार्फत जानकारी दिँदै भन्नुभएको छ, ‘यस्तो दुश्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सवैको खोजविन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ ।’
यस्तो थियो शिरोहियामाथिको आरोप
from.. janatatimes