काठमाडौंमा संक्रमितको संख्या थपिदै : २४ घण्टामा थपिए ३७७ जना

काठमाडौं, भदौ ११ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ७७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आज आयोजित नियमित कोभिड १९ अपडेटमार्फत काठमाडौं उपत्यकामा गत २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन । पछिल्लो केहीदियन यता उपत्यकामा संक्रमितको संख्या थपिदै गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको