चितवनमा कोरोना समुदायमा फैलिन सक्ने खतरा: कालिकामा संक्रमितको गाउँ आजबाट सिल
५ भाद्र २०७७, शुक्रबार १३:३९
चितवन । पुर्बी चितवनको कालिका नगरपालिका-६, क्लबचोक घर भएका १ प्रहरीमा कोरोना संक्रमण पुष्टी भए सङै सो गाउँ आजबाट सिल गरिएको छ । नगर प्रहरी कार्यालय भृकुटीमण्डप, काठमाडौंमा कार्यरत ३० वर्षिय प्रहरी रेशमराज भट्टलाई कोरोना संक्रमण देखिए पछी सो गाउँको रेडक्रस स्कुल चोकदेखि क्लबचोक सम्म र आसपासका क्षेत्रमा सिल गरिएको प्रहरी चौकी, खोलेसिमलका प्रहरी नायब निरीक्षक (सई) सालिकग्राम पौडेलले जानकारी दिए ।
संक्रमित भट्ट सङ सम्पर्क भएका उनका साथी, आफन्त र गाउँले ३१ जनाको आजै कन्ट्याकट ट्रेेसिङ भएको कालिका नगरपालिका, जनस्वास्थ प्रमुख दिपक भण्डारीले जानकारी दिए । उनका बुबाले काम गर्ने रत्ननगर १५ को माधवपुर स्थित ढकाल फर्निचर उधोग र उनको ससुराली भरतपुर १६ बिजयनगर, ढड्डाघारी क्षेत्रमा पनि कन्ट्याकट ट्रेेसिङ र सचेतनाको लागि जनस्वास्थ कार्यालय मार्फत जानकारी गराइएको भण्डारीले जानकारी दिए । कालिकाको सो गाउँ रेडक्रस स्कुल चोकदेखि क्लबचोक सम्म र आसपासका क्षेत्रमा हिड्डडुल नगर्न र सबै कोरोना बारे सचेत रहन अनुरोध गरिएको कालिका नगरपालिका-६ का वडा सदस्य दशरथ सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमीत भट्ट गत साउन २९ गते घर आएका उनी अस्ति भदौ ३ गते बुधबार कार्यालय पुगेका थिए । ४ दिनको बिदामा आएका उनको कार्यालयमा हाजिर हुनु भन्दा अगाडि कोरोना परिक्षण गर्ने क्रममा हिजो कोरोना संक्रमण पुष्टी भएको उनले टेलिफोनमा बताए । गत साउन ७ गते पनि कोरोना परिक्षण गरेकोमा सो समयमा भने कोरोना नेगेटिभ आएको थियो, उनलेे भने । उनले टेकु प्रयोगशालामा आफ्नो स्वाब परिक्षण गरिएको बताएका छन । हाल उनी बिरेन्द्र प्रहरी हस्पिटल महाराजगन्जको आइसोलेसनमा रहेका छन । आफ्नो स्वास्थ भने सामान्य रहेको भट्टले बताए । गत असार १४ गते बिबाह गरेका भट्टको श्रीमती गत भदौ १ गते भरतपुर १६ बिजयनगर गएकोमा श्रीमानलाई कोरोना पुष्टी भएको थाहापाई हिजो बिहीबार घर फर्कीएकि छन । भट्टलाई कोरोना पुष्टी भए सङै स्थानीय हरुले कोरोना समुदायमा फैलिएको आशंका गरेका छन ।