
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशका विभिन्न जिल्लामा ७ जनाले ज्यान गुमाएका छन् ।
काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाँके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा १ हजार १६ जनासहित देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको जानकारी दिए । संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् भने १ सय १४ जनाको ज्यान गएको छ ।