काठमाडौँ, १ भदौ । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा सोमबार साँझ प्रकाशित गरेको छ ।
केहीबेर अघि बोर्डले विद्यार्थीको परीक्षाफल प्रमाणित गर्दै नतिजा प्रकाशित भएको जानकारी दिएको हो ।
परीक्षा नियन्त्रण कार्यालय (एसईई) ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । त्यही आधारमा नतिजा प्रकाशित गरिएको हो ।
परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।
विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।