चितवनमा चिकित्सकसहित थप ७ जनामा कोरोना

भरतपुर, २९ साउन । चितवनमा एक जना चिकित्सक सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा राप्ती नगरपालिकाका ६ जना र भरतपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

राप्तीका सबै क्वारेन्टिनका हुन् । रत्ननगर अस्पतालमा स्वाब लिइएका ती संक्रमित सोही अस्पतालमा कार्यरत हुन् ।

बुधबार २०३ वटा नमूना परीक्षण गरिएकोमा बाँकी १९६ जनाको भने रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले बताइन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको