
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जनता समाजवादी पार्टीले हालै जारी गरेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको भाषा र केही अंशप्रति आप्पती जनाउनुभएको छ ।
विज्ञप्तिमा सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित आक्रमण अत्यन्तै अशिष्ट र पूर्वाग्रही र दुराशयपूर्ण र खेदजनक रहेको उल्लेख छ ।
राज्यका जिम्मेवार तहमा रहनुभएका प्रधानमन्त्रीमाथि पटक पटक आफूलाई सुशिक्षित भनेर चिनाउन रुचाउनेहरूबाट यस किसिमको तल्लो स्तरको टिप्पणी आउनु भनेको कुण्ठाग्रस्त मगजको परीणाम भन्दै उहाँले यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ हेक्का राख्न सम्बन्धित पक्षलाई आग्रह गन्नुभएको छ ।
‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला’, थापाको प्रेस नोटमा उल्लेख छ ।
विज्ञप्ति मार्फत उहाँले राजनीति तबरबाट जित्न नसक्नेहरुले नै यस्तो हत्कण्ठा उठाउने दाबी गर्नुभएको छ । ‘सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरुपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा आँखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन् ।’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उहाँले प्रधानमन्त्री विरुद्ध यस्ता गतिविधि अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारको परिणाम भएको भन्दै यस्ता गतिविधिले कोही कसैलाई सफलता नमिल्ने जिकिर गर्नुभएको छ ।
प्रधानमन्त्रीका विरुद्ध यस्ता गतिविधि गर्नेहरू सफल नहुने भन्दै उहाँले ‘सिसाको घरमा बसेर ढुङ्गा हान्नेहरू आफै असुरक्षित र पतन हुने बताउनुभएको छ ।
विज्ञप्तिमा राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रस्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्ने उल्लेख थर्दै जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गरिएको छ ।