नेकपा अध्यक्ष दाहाल होम क्वारेन्टाइनमा, अंगरक्षकमा कोरोना देखिएपछि महासचिव पौडेल आइसोलेसनमा

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल होम क्वारेन्टाइनमा र महासचिव विष्णु पौडेल आइसोलेसनमा बस्नु भएको छ । अध्यक्ष दाहाल कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन आइतबारदेखि एक साताका लागि होम क्वारेन्टाइनमा बस्नु भएको हो ।

त्यस्तै, महासचिव पौडेल अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसमा बस्नु भएको हो । महासचिव पौडेलको शुक्रबार पीसीआर गरिएको थियो । पीसीआर रिपोर्ट आइतबार आएको छ । रिपोर्टमा अंगरक्षकमा कोरोना संक्रमण पुष्‍टि भएको हो ।

परीक्षणमा महासचिव पौडेलसहित अन्य सबैको रिपोर्ट भने नेगेटिभ आएको स्रोतले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको