टुवोर्ग बियर पिउनुहुन्छ ? ज्यान जाला !

काठमाडौँ  । टुवोर्ग बियरको बोतलभित्र प्लाष्टिकको बिर्काे भेटिएको छ । लमजुङको सदरमुकाम बेसीशहरको शेराबजारको एक पसलमा बिक्री गर्न राखिएको टुवोर्ग वियरको शिलबन्दी वोतल भित्र प्लाष्टिकको विर्काे भेटिएको हो ।

शुक्रबार बोतल भित्र औषधीको सिसीमा लगाउने प्लाष्टिकको सेतो भित्री विर्काे भेटिएको हो ।

त्यस लगत्तै बिक्रेताले उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवं लमजुङका अध्यक्ष किसान संगीत नेपालीलाई जानकारी गराएको विक्रेता आशिष श्रेष्ठले बताए ।

उपभोक्ताको हक हितमा लोकप्रिय कम्पनीहरु गम्भीर नभएको देखिनु दुःखको कुरा भएको बताइएको छ । यस्ता किसिमका अवस्था सिर्जना हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरु बताउँछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको