
काठमाडौँ । सरकारले हवाई उडान र लामो दुरीको यातायात भदौ १५ गतेदेखि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि भदौ १ गतेबाट दुवै खुलाउने निर्णय गरेको सरकारले पछिल्लो समय कोरोनाभाइरस संक्रमणको अवस्थालाई मध्यनजर गरेर यस्तो निर्णय गरेको हो ।
आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले यसअघिको मिति सारेर भदौ १५ गतेदेखि मात्रै आन्तरिक र बाह्य उडान र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यस प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि लागु हुनेछ ।