आज राती १२ बजेदेखि विराटगरमा लकडाउन हुँदै

विराटनगर । कोरोना सक्रमितको संख्या बढेको भन्दै मोरङको विराटनगर महानगरपालिकाले आज राती १२ बजेदेखि लागु हुने गरी दुुईहप्ता सम्म महानगरपालिका क्षेत्र भित्र लकडाउन घोषणा गरेको छ ।

महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणका लागी आज राती १२ बजेदेखि यही साउन ३० गतेसम्म १४ दिनका लागी लकडाउन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले वताउनुुभयो ।

यस अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको उहाँले बताउनुुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको