रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त

काठमाडाैँ । रेडियो नेपालको कार्यकारी निर्देशकमा भोजपुरका बुद्धि बहादुर केसी नियुक्त भएका छन । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्धि केसीलाइ रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । रेडियोमा निवर्तमान कार्यकारी निर्देशक सुरेश कार्की अनियमितताको अभियोगमा कारवाहीमा परी पद रिक्त भएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

सञ्चार मन्त्रालयले सहसचिव राधिका अर्याल लामिछानेको संयोजकत्वमा रेडियो नेपालको कार्यकारी निर्देशक छनौट गर्न समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा केसीलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । उनको कार्यकाल निकै छोटो हुनेछ । सरकारले केही महिनाभित्रै रेडियो नेपाल र टेलिभिजन एउटै छातामुनी ल्याउँदैछ । जुन कानुन संसदमा विचारधिन अवस्थामा रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको