रत्ननगरको माधवपुर स्कुलमा चोरी 
चितवन । रत्ननगर १५, नमुना टोल, माधवपुरमा रहेको अधारभुत बिधालयमा गएराती चोरी भएको छ । बिहान स्कुल खोल्ने बेलामा ९:३० बजे चोरी भएको थाहा पाई प्रहरीलाई खबर गरेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर नेपालले जानकारी दिनु भयो । बिधालयको अफिस कोठा तथा कम्युटर कोठा फुटाई चोरी गरि लगेको उहाँले जानकारी दिनु भयो ।
बिधालयको ३२ इन्चको २ थान रंगिन टिभी, कम्प्युटर सेट २ थान, प्रोजेक्टर १ थान, कम्प्युटर स्पिकर १ थान र हेन्ड माइक २ थान चोरी भएको अध्यक्ष नेपालले बताउनु भयो । साथै चोरले बिधालयको सिसि क्यामेरामा समेत तोडफोड गरेको उहाँले जानकारी दिनु भयो । बिधालयमा  विभिन्न सामानहरु चोरी भएको र सो को बारेमा अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय टाँडी प्रहरी नायव उपरीक्षक ( डिएसपी) रबिन कार्कीले बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको