नारायणी मिट टाउन रोटरी र रोट्याक्ट क्लबको संयुक्त आयोजनामा नारायणगढमा मास्क बितरण
४ श्रावण २०७७, आईतवार ११:२९
चितवन । रोटरी क्लव अफ नारायणी मिट टाउन र रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनको संयुक्त आयोजनामा नारायणगढको लाईन्स चोकमा मास्क बितरण कार्यक्रम गरिएको छ ।
कोरोना भाईरसले महामारीको रुप लिएर फैलिरहेको अवस्थामा मानिसहरुले मास्क नलगाई हेलचक्रयाई गरेर हिडेको देखेपछि जनचेतनाको लागि मास्क बितरण गरिएको हो । जिल्ला ट्राफिक कार्यलय र जिल्ला प्रहरी कार्यलयको समन्वयमा सो कार्यक्रम गरिएको हो ।
आज भएको कार्यक्रमको संयोजकमा रोटरीयन हिरालाल सापकोटा र प्रकाश पौडेल कार्यक्रम रहनुभएको थियो । कार्यक्रममा उपस्थित रोटरिएन र रोट्याक्टहरुले मास्क नलगाई हिडडुल गरेका र सवारी साधन चलाएकाहरुलाई रोकेर मास्क बितरण गरेका थिए ।
आज भएको मास्क बितरण कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रमेश्वर भण्डारीले ७५० थान एन ९५ मास्क सहयोग गर्नुभएको थियो । कार्यक्रममा रोटरी क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनै , रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट लगायत सम्पूर्ण रोटरीयनहरु र रोट्याक्टहरुको उपस्थिति रहेको थियो । मास्क बितरण कार्यक्रम साउन ५ गते बिहान ७ बजे हाकिमचोकमा पनि हुनेछ ।