
चितवन । नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. लाेक बहादुर सेडाई सहित १३ सदस्यीय नयाँ कार्यसमिति गठन भए संगै आफ्नो पदभार ग्रहण गरेका छ्न। चितवनको भरतपुर स्थित शाखा कार्यालयमै पदभार ग्रहण भएको हो ।
बिहिवार चितवनका चिकित्सकहरूको भेला गरेर वरिष्ठ उपाध्यक्षमा डा. भारती देवी शर्मा, उपाध्यक्षमा डा. गुरू शरण साह, सचिवमा डा. सुर्य प्रकाश सापकाेटा, कोषाध्यक्षमा डा. मनाेज कंडेल सहसचिवमा डा. महेन्द्र कुमार अग्रहरी र सहकोषाध्यक्षमा डा. अमित चाैधरीलाई चयन गरेकाे थियो।
त्यसैगरी सदस्यहरूमा डा. राेहन झा, डा. शिव कंडेल, डा. प्रजिता भण्डारी, डा. पल्लव राज पाैडेल, डा. विवेक कंडेल र डा. किरण देवकाेटा चयन भएका छन । सर्वसम्मत रूपमा चयन गर्ने वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुने प्रत्यायी चिकित्सक र अन्य चिकित्सक साथीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
उनले नवगठित कार्यसमितिले चिकित्सकको हकहितका साथै जनताको स्वास्थ्य सरोकारका विषयमा प्रयाप्त ध्यान पुर्याउने विश्वास व्यक्त गरे । सबै नयाँ कार्यसमितिले आ-आफ्नो पदमा रही आफ्नो मन बचनका साथ कार्यकाल सफल बनाउने दृढता व्यक्त गर्नुभयो। यो कार्यकाल ३ वर्षको रहने छ ।