चितवनको पुरानो मेडिकल कलेजका ४ जना डाक्टर पक्राउ, अवैध मृगौला प्रत्यारोपण गरेको आरोप

काठमाडौँ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चितवनको पुरानो मेडिकल कलेज  ( कलेजअफ मेडिकल साइन्सेेेज) का ४ जना डाक्टरहरुलाई पक्राउ गरेको छ ।

यद्यपि यसको विषयमा प्रहरीले आइतबार मात्रै पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने बुझिएको छ ।

प्रहरीले  मेडिकल कलेजका सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायत रहेको जनाइएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको विशेष स्रोतले जनाएको छ । उनीहरुलाई लामो समयको अनुसन्धापछि पक्राउ गरिएको जनाइएको छ । ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ। कलेजका संचालक  भी नटराज  र नगेन्द्र कम्पाटी हुन ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको