
काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना बेपत्ता छन् । पहिरोले म्याग्दीमा बढीको ज्यान भएको छ ।
म्याग्दीको धवलागिरी, रघुगङ्गा र मालिका गाउँपालिकाम पहिरो परेकाहरु मध्ये १७ जनाको शव भेटिएको छ । बिहीबार राति गएको पहिरोमा ३३ जना बेपत्ता भएका थिए । त्यसमध्ये शनिबार बिहानसम्म १७ जनाको शव फेला परेको हो । पहिराेमा १६ जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार बेपत्ताहरुको खोजी कार्य अझै जारी छ ।
कास्कीको पोखरा महानगरपालिका, सराङकोट, हेम्पा र पैतेडाँडामा पहिरो तथा बाढीको कारण ७ जनाले जीवन गुमाएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिरोको कारण लमजुङको बेसीशहर नगरपालिको वडा नम्बर ७ स्थित सातबिसेमा ३ जना र पश्चिम रुकुमको आठकिसको नगरपालिका– ३ स्थित रन्जेखोलामा २ जनाको मृत्यु भएको छ ।
जाजरकोटको व्यारेकोट गाउँपालिका ४ जिरीमा पहिरोले ७ जनाको मृत्यु भएको छ । त्यहाँ अझै १५ जना बेपत्ता छन् । बझाङमा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ, १ जना बेपत्ता भएका छन् । गुल्मीको इस्मा गाउँपालिका–१ र मुसिकोट नगरपालिका–२ मा पहिरोमा परी २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पर्वतको कुश्मा नरपालिकाको दुर्लुङमा पहिरोमा परी ९ जनाले जीवन गुमाएका छन् ।
सार पहिरोको कारण जीवन गुमाउनेको संख्या
त्यस्तै सिन्धुपाल्चोक बा्रहबिसेमा बुधबार राति गएको पहिरोमा हराएहरु २० जना अझै बेपत्ता छन् । पहिरोमा २ जनाको शव भेटिएको थियो । पहिरोमा ५ जना घाइते भएका छन् ।