सुनको मूल्य हाल सम्मकै उच्च

काठमाडौँ, २५ असार । सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

हिजोको तुलनामा आज प्रतितोला ९ सय रुपैयाँ बढेको हो । लकडाउन खुकुलो भएसँगै खुल्न थालेको बजार तथा कारोबारमा सुनको मूल्य निकै बढीरहेको छ ।

महासंघका अनुसार आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ ह्जार ९ सय ६५ रुपैयाँ तोकिएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य ९ सय ८० रुपैयाँ तोकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको