
काठमाडौँ, २५ असार । सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले उपत्यकाभित्र ट्याक्सी चलाउन दिने निर्णय भएको बताएका छन् ।
त्यस्तै, खतिवडाले छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने पनि निर्णय गरेको बताए । उनले यातायात सञ्चालकको सुरक्षाको मापदण्ड पुरा गरेर यातायात सञ्चालन गर्न सक्ने जनाए ।
काठमाडौँ उपत्यकाको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र सवारी चल्न पाउनेछन् । खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने बताए ।