पूर्वमन्त्री खगराज अधिकारी भन्छन्– ओली असक्षम हुन् भने बाँकी ८ जना कोही सक्षम होइनन्

काठमाडौं, २५ असार । पूर्वमन्त्री तथा नेकपाका नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा गराउने सर्तमा पार्टी एकता नभएको बताएका छन् ।

उनले सचिवालयमा रहेका नौ जना नेतातर्फ संकेत गर्दै प्रधानमन्त्री ओली असक्षम हुन् भन्ने तर्क जायज नभएको बताए । उनले भने,‘ओली असक्षम हुन् भने बाँकी ८ जना पनि सक्षम होइनन् ।’

पार्टी एकीकरणको मूल विषय नै सहमति भएको उल्लेख गर्दै उनले भनेका छन्,‘संख्याको काम छैन । अन्तरिम विधानको मूल मर्म नै सामूहिक नेतृत्व र सहमति भन्ने छ, सहमतिको विकल्प छैन ।’

पार्टीमा ओली मात्र नभएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कसैले हटाउन नसक्ने अधिकारीको दाबी छ । एकीकरणका क्रममा भएको सहमतिको आधारले त्यसलाई प्रष्ट बनाउने अधिकारीको कथन छ ।

एकता टुंगो लागेन भने एमाले र माओवादी आ–आफ्नै ठाउँमा पुग्ने विश्लेषण गरेका अधिकारी अगाडि थप्छन्,‘हिजोका पार्टीका विधान हेरेर होइन, नेकपाको विधानका आधारमा मात्रै सहमतिमा पुग्न सकिन्छ ।’

उनले दुई अध्यक्ष वा नेताबीचमा उक्साउने नभएर सहमतिमा पुराउने जिम्मेवारीले मात्र एकता बाँच्न सक्ने भएकाले त्यसतर्फ अन्य नेताको भूमिका बलियो हुनुपर्ने बताएका छन् ।

facebook sharing buttonShare
twitter sharing button

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको