रोटरी क्लव अफ काठमाडौं नर्थको सहयोगमा विद्यालयमा लाइब्रेरी तथा स्रोत प्रविधि केन्द्र स्थापना

शिशिर सिंखडा, काठमाडौँ । रोटरी क्लव अफ काठमाडौँ नर्थ र रोटरी क्लव अफ स्टोई भर्मोन्ट, अमेरिकाको संयुक्त सहयोगमा काभ्रेको कोशीदेखा स्थित श्रीराम उच्च माध्यमिक विद्यालयमा लाइब्रेरी तथा स्रोत प्रविधि केन्द्र स्थापना गरिएको छ ।

सो दुइवटा क्लवको सहयोगमा उक्त विद्यालयमा रु. ४० लाख ६५ हजारको लागतमा सो केन्द्र स्थापना गरिएको रोटरी क्लव अफ काठमाडौँ नर्थका प्रेसिडेन्ट गौतम प्रसाद खनालले जानकारी दिनुभयो । सो विद्यालयमा आधुनिक प्रविधिमैत्री पुस्तकालय निर्माण सम्पन्न गर्नुका साथै पुस्तकालयका व्यवस्थापकलाई आवश्यक तालिम पनि उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । साथै अमेरिकन लाइब्रेरी ट्रेनरबाट प्राप्त थप २ हजार २ सय अमेरिकी डलरबाट ४ थान ल्यापटप र विद्यालयमा आवश्यक कार्पेट समेत खरीद गरी विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

आज आयोजित हस्तान्तरण कार्यक्रममा क्लवका प्रेसिडेन्ट गौतम प्रसाद खनालले विद्यालयका प्राचार्य राजमान तमाङलाई ल्यापटप तथा कार्पेट हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा क्लवका पास्ट प्रेसिडेन्टहरु रविन्द्र जङ्ग थापा, बलराम राई, मेम्बरहरु गणेश प्रसाद पौडेल, सुजन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको