
काठमाडौँ, १० असार । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । वुधबार सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँ पुगेको छ । मंगलबारको भन्दा ५ सयले बढेर आज उक्त मूल्य कायम भएको हो । वुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ७ सय ४३ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले यसको असरस्वरुप नेपालमा पनि यसको भाउ बढेको सुनचाँदी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ रहेको छ ।