लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको नयाँ नक्सा पनि राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं, असार ४ । संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिबाट पारित भएको छ। संसोधनको प्रस्तावको पक्षमा उपस्थित सबै ५७ जनाको मत परेको छ। नेपालको संविधान दोश्रो संशोधन विधेयकको सर्वसम्मतिबाट पारित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गनुभएको हो ।

सभामा विधेयक पारितका लागि ‘हुन्छ र हुन्न’ गरि दुई लवि छुट्याइएको थियो। निशान छापमा रहेको नेपालको नक्सामा पूर्ण नक्सा प्रतिस्थापन गर्नका लागि सरकारले संसोधन विधेयक सदनमा दर्ता गराएको थियो। यसअघि गत शनिबार प्रतिनिधि सभाको बैठकले संसोधन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको