
चितवन ३ असार । गएरातीको बर्षाका कारण पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अबरुद्ध भएको छ । आज विहान ४.१५ बजे इच्छाकामना गाउँपालिका ६ स्थित कालि खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अबरुद्ध भएको छ । पहिरोका कारण यातायात दुईतर्फी नै सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो झर्ने क्रम नरोकीएकाले पहिरो पन्छाउन नसकिएको र बिहानैबाट प्रहरी पहिरो हटाउन खटिरहेको चितवनका प्रहरी प्रबक्ता डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । file photo