नेपालको संविधानको दोस्रो संशोधन विधेयक- २०७७ पारित: एक ऐतिहासिक निर्णय

काठमाडौँ, ३१ जेठ । संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको पारित भएको छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकले नेपालको संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतले पारित गरेको हो । विधेयकका विषयमा दफाबार छलफल सकिएपछि मतदान भएको थियो ।

बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ऐतिहासिक निर्णय घोषणा गरेका थिए । संसदमा उपस्थित रहेका २५८ जना सांसदहरु सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए । यो भनेको जम्मा २७५ जनामध्ये दुई तिहाइ भन्दा बढी मत हो । संशोधनको विपक्षमा शून्य मत परेको थियो ।

निशान छाप रहेको नेपालको नक्सालाई नेपालको सीमाअनुरुप परिवर्तन गर्नका लागि संविधान संशोधन भएको हो । यससँगै अब नेपालको संविधानमा चुच्चे भएको नक्सा प्रयोग हुनेछ ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यस अनुसारको संविधानको अनुसूचीमा रहेको नक्सा अद्यावधिका लागि संशोधन विधेयक जेठ ९ गते दर्ता गराइएको थियो ।

जेठ २७ गते सरकारको तर्फबाट संशोधन विधेयकबारे विचार गरियोस् भनि संसदमा प्रस्ताव पेश गरिएको थियो ।त्यस दिन विपक्षी दलहरुले पनि समर्थन गरेर बलियो राष्ट्रिय एकता प्रस्तुत गरेका थिए । यो एक ऐतिहासिक निर्णय भएको नेताहरुले बताएका छन् । संसदमा सम्बोधन गर्ने क्रममा सत्तारुढ एवम विपक्षी दलहरुले यो निर्णय ऐतिहासिक भएको जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको